Suvadin, Home

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन्। प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनीवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए। यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो। 
फाइल तस्विर

चौतारा, २५ फागुन – रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ। 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन्। प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनीवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए। यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो।

पर्यटन सम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ। त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ। भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ। 

भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याएका थिए। हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिए। रासस


 

More form the Internet

loading...