Suvadin, Home

ट्राफिकले लगेको ट्याक्टरका पार्टपूर्जा चोरी, प्रहरी निलम्बित

रा१त ६३० नम्बरको ट्याक्टरबाट टायर लगायतका सामान चोरी गरेको अभियोगमा दुई जना प्रहरी जवान निलम्बन गरिएको छ। उनीहरूलाई छ महिनाको लागि निलम्बन गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार इलाका प्रहरी कार्यायल तुलसीपुरमा कार्यरत धनप्रसाद चौधरी र प्रकाश विष्टले प्रहरी नियमावली र आचरण विपरित कार्य गरेको पाइएकोले निलम्बन गरिएको हो।
नेपाल प्रहरी ।

तुलसीपुर, फागुन २० - रा१त ६३० नम्बरको ट्याक्टरबाट टायर लगायतका सामान चोरी गरेको अभियोगमा दुई जना प्रहरी जवान निलम्बन गरिएको छ। उनीहरूलाई छ महिनाको लागि निलम्बन गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार इलाका प्रहरी कार्यायल तुलसीपुरमा कार्यरत धनप्रसाद चौधरी र प्रकाश विष्टले प्रहरी नियमावली र आचरण विपरित कार्य गरेको पाइएकोले निलम्बन गरिएको हो।

गत बुधबार बिहान १८ गतेका दिन ट्याक्टर धनी र चालकबिना नै प्रहरी जवानद्वय चौधरी र विष्टले ट्याक्टरलाई आवश्यक कारबाहीका लागि घोराही लगेर गएका थिए। लकडीसहित पक्राउ परेको  रा१त ६३० नम्बरको ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालयले जिल्ला वन कार्यालय घोराही दाङ पठाएको थियो। 

तर, त्यहाँ लैजान भनी गएका चौधरी र विष्ट मिलेर उक्त ट्याक्टरबाट झन्डै दुई लाख रुपैयाँ बराबरको सामानबीच बाटोमै बेचेपछि उनीहरूलाई निलम्बन गरिएको एसपी सिंहले बताएका छन्।

उनीहरूले दाङको गोग्लीमा लगेर उक्त ट्याक्टरको बीचका दुई वटा टायर, एउटा ब्याट्री, बे्रक ओइल, तीन थान बेल्चा बचेको पाइएपछि आवश्यक कारबाही गरिएको एसपी सिंहले बताएका हुन्। 

तुलसीपुर–५ बसपार्क निवासी ट्रेक्टर धनी वीरबहादुर डाँगीले प्रहरीले लगेको आफ्नो ट्याक्टरबाट  सामान चोरी भएको गुनासो एसपी सिंहलाई गरेपछि उनले दुई जना प्रहरीसहित सामान किन्ने व्यक्तिलाई समेत पक्राउ गरेका थिए।


 

More form the Internet

loading...