Suvadin, Home

Cover Image

नेपाल प्रहरीमा जागीर खुल्यो, २२ हजार बढी आवेदन माग

नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल

काठमाडौं । नेपाल प्रहरीले २२ हजारभन्दा बढी आवेदन माग गरेको छ । मुलुक संघीयतामा गएसँगै विभिन्‍न स्थानीय तहमा कार्यालय स्थापना र पुराना कार्यालयको स्तरोन्‍नतीका लागि २२ हजार चार सय १८ आवेदन माग गरेको हो । 

नेपाल प्रहरीका अनुसार सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको हो । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । 

नेपाल प्रहरीले अब हरेक कार्यालयमा शौचालय बनाउने, प्रति प्रहरी सुत्‍ने खाट उपलब्ध गराउने तथा हरेक कार्यालयमा मोटरसाइकलको व्यवस्था गर्नेसमेत जनाइएको छ । 

जसअर्न्तगत नेपाल प्रहरीले  ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जसअन्तर्गत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना अघि बढाइएको एसएसपी सुवेदीले बताए । त्यस्तै, करिब ११ सय प्रहरी कार्यालयमा अझै शौचालय नभएकोले बनाउने योजना प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ । 

प्रहरीले जिल्ला, स्थानीय तह तथा टोलमा गरेर १८ हजार चार सय ६९ वटा समुदाय–प्रहरी समिति गठन गरेको छ । समुदायसँग मिलेर शान्ति सुरक्षा मिलाउन यस्ता समिति गठन गरिएका जनाइएको छ । 


 

More form the Internet

loading...