Suvadin, Home

पावर म्यानेजमेन्ट सम्हालिरहेका यी ‘साहसी’ महिला

भारतको पटना सहरस्थित करबिगहिया ग्रिड। यहाँबाट पटनाको महत्वपूर्ण इलाकामा बिजली आपूर्ति हुन्छ। पछिल्लो एक महिना यता यो ग्रिडको पूरै जिम्मेवारी महिलाको हातमा छ। 
पटनाको ग्रिडमा कार्यरत महिला कर्मचारी।

काठमाडाैं, भदाै १५–भारतको पटना सहरस्थित करबिगहिया ग्रिड। यहाँबाट पटनाको महत्वपूर्ण इलाकामा बिजली आपूर्ति हुन्छ। पछिल्लो एक महिना यता यो ग्रिडको पूरै जिम्मेवारी महिलाको हातमा छ। 

आज जहाँ करबिगहिया ग्रिड छ, त्यहाँ एकताका थर्मल पावर प्लान्ट थियो। १९७० को सुरुआतमा यहाँ पाँच मेगावाट बिजली उत्पादन हुन्थ्यो। आज यहाँका महिला  इञ्जिनियर र ९ महिला अपरेटर तैनात छन्। 

महिलाहरूको यही टीमबाट यो ग्रिड सञ्चालन भइरहेको छ। यहाँको सुरक्षाको जिम्मा पनि महिला सुरक्षाकर्मीको हातमा रहेको छ। अलका रानी ग्रिडमा इलेक्ट्रिकल इञ्जिनियरको रुपमा कार्यरत छिन्। उनले बीटेकको पढाइ पूरा गरेकी छन्। उनलाई पछिल्लो महिना फÞोनमा यो टीम चुनिने खबर प्राप्त भएको थियो। उनी भन्छिन्, ‘फÞोनमा जब मलाई यो सूचना प्राप्त भयो। खÞुसीको साथसाथै जिम्मेवारी थपियो।’  

सहायक अपरेटर संगीता कुमारीको मनमा यो टीम बनाउने समयमा लाग्यो, ‘हामीलाई यति धेरै विश्वास गरिएको छ। केवल महिलाको समूह कार्यरत रहनेछ।’ यो टीम एक महिनादेखि ग्रिडमा काम गरिरहेको छ। 

त्यसो त यी महिलाहरु यसअघि पनि आआफ्नो जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, महिलाको टीम नै काम गरिरहेको संगीताको पहिलो अनुभव हो। 
अलका भन्छिन्, ‘हामी यो सावित गरेर देखाउनु छ कि महिलामा पनि त्यतिकै शक्ति हुन्छ, साहसी हुन्छन्।’ महिलाहरुको यो टीमलाई बिहारका मुख्यमन्त्री नीतीश कुमारले १३ अगस्तमा  सम्मानित  पनि गरे। 

टीमका सदस्य भन्ने गरेका छन्, ‘सम्मान पाउदा खुसी महसुस भयो।. प्रियंका कुमारी ग्रिडमा सहायक अपरेटरका रुपमा कार्यरत छिन्। उनले भनिन्, ‘सम्मानित भइसकेपछि अब हामीले यो देखाउन जरुरी छ कि महिला पनि हरेक काम गर्न सक्छन्।’

ऊर्जा विभागका प्रवक्ता हरेराम पाण्डे महिलाद्वारा सञ्चालित पावर हाउस सायद यो नै पहिलो हो।
 

मनीष शाण्डिल्यले बीबीसी हिन्दीका लागि लेखेको समाचार अनुवाद गरिएको हो। 
 


 

More form the Internet

loading...