Suvadin, Home

Cover Image

दबाब बढेपछि प्रचण्डले भन्‍यो - मन्त्री हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार 

काठमाडौं । मन्त्री हेरफेरको विषयले छ महिनाभन्दा बढी चर्चा भएपछि  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब बढेको छ । चर्को दबाब बढेपछि अध्यक्ष प्रचण्डको सचिवाललये मन्त्री हेरफेर प्रधानमन्त्रीकै तजबिजी अधिकार भएको प्रतिक्रिया दिएको छ । 

केही दिनयता मन्त्रिपरिषद् हेरफेरको हल्ला तीव्र बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको भन्ने समाचार बाहिरिएपछि सचिवालयले खण्डन गरेको हो ।

“हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । 

मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,” सचिवालयले मङ्गबाल विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।

यता मन्त्रिपरिषद् फेरबदलले पार्टी सचिवालयमै प्रवेश पाए पनि आजभोलि नै परिवर्तन हुने सम्भावना नरहको स्रोतको दाबी छ ।


 

More form the Internet

loading...