Suvadin, Home

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साह पक्राउ

सोमबार विमानस्थलमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) का सांसद प्रमोद साहलाई आज प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं । सोमबार विमानस्थलमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) का सांसद प्रमोद साहलाई आज प्रहरीले पक्राउ गरेको छ । 

सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाइ ऐन अन्तर्गत मुद्दा दर्ता भएका साहलाई जिप्रका धनुषाकै अनुरोधमा पक्राउ गरिएको बताइएको छ । 

पक्राउ परेका साहलाई मंगलबारै जनकपुर पठाइने तयारी भइने छ । 
 


 

More form the Internet

loading...