Suvadin, Home

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको भव्य तयारी भइरहेको छ । यही तयारीका सिलसिलामा विशिष्ट पाहुनाको स्वागतमा बिजुलीका पोल-पोलमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङका तस्वीर झुण्डाइएका छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । उनी आइतबारसम्म काठमाडौंमा रहनेछन् ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ । सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्‍न सकिन्छ ।

नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्बिर सजाइएका छन् । उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ ।

यसअघि काठमाडौंका बिजुलीका पोलपोलमा प्रधानमन्त्री केपीशर्मा ओलीको तस्बिर सजाइँदै व्यापक आलोचना भएको थियो । 


 

More form the Internet

loading...