Suvadin, Home

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ।  

उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र  नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ। 

राष्ट्रपति भण्डारीले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा  पनि सराहना गरिन्।  प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए। 

चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्किएको खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।  


 

More form the Internet

loading...