Suvadin, Home

सरकारका काम कारवाही पारदर्शी हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सवै काम कारवाही पारदर्शी हुुनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रपति भण्डारीले नागरिकको सूचनाको हकलाई प्रत्याभूति दिलाउने दायित्व सरकारको भएको बताइन्।
राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं, असोज ३० – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सवै काम कारवाही पारदर्शी हुुनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रपति भण्डारीले नागरिकको सूचनाको हकलाई प्रत्याभूति दिलाउने दायित्व सरकारको भएको बताइन्।

‘सूचनामा सर्वव्यापी पहुँचसम्बन्धि अन्तर्राष्ट्रिय दिवस’ को अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकलाई सूचना दिने हकलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गरिन्।  

राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढिकरणका लागि पनि नागरिकको सूचनाको हकलाई कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने बताइन्। 

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिको सूचनाको हकसँग बाँझिएका कानुन खारेज गर्न सरकारलाई सचेत गराए। 


 

More form the Internet

loading...