Suvadin, Home

Cover Image

प्रेस चाैतारीद्वारा पाँच विधामा पुरस्कार घाेषणा
राजु अधिकारीलार्इ वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपालले यस वर्षकाे वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार नागरिककर्मी राजु अधिकारीलार्इ प्रदान गर्ने भएकाे छ। पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार प्रेस चौतारीले पत्रकार अधिकारीलार्इ उक्त पुरस्कार प्रदान गर्ने भएकाे हाे।
पत्रकार राजु अधिकारी।

काठमाडाैं, फागुन ११ – प्रेस चौतारी नेपालले यस वर्षकाे वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार नागरिककर्मी राजु अधिकारीलार्इ प्रदान गर्ने भएकाे छ। पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार प्रेस चौतारीले पत्रकार अधिकारीलार्इ उक्त पुरस्कार प्रदान गर्ने भएकाे हाे।

प्रेस चौतारीका महासचिव राजेश राईका अनुसार वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार झापामा रहेर क्रियाशील पत्रकार राजु अधिकारीसँगै बझाङका बसन्तप्रताप सिंह र सुनसरीकी सुभद्रा प्याकुरेललाई संयुक्त रुपमा प्रदान गर्ने भएकाे हाे। 

यसैगरी, ‘हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार’ निर्मला शर्मा र ‘अग्नि शिखा पत्रकारिता पुरस्कार’ प्रमोद दाहाललाई प्रदान गरिनेछ। ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ सुशील अर्याल (गोरखा), दीपक रिजाल (धादिङ) र मीना बुढाथोकी (सल्यान) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

यसैगरी यसै वर्षदेखि स्थापित ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ दमन राई(खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रवीना बोहरा (बागलुङ) लाई प्रदान गरिने घोषणा गरिएको छ। 

ती पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा प्रदान गरिने छ। चौतारीले सातै प्रदेशमा एउटा उत्कृष्ट जिल्ला घोषणा गरेको छ। सोअनुसार प्रदेश १ मा पाँचथर, प्रदेश २ मा पर्सा, प्रदेश ३ मा मकवानपुर, प्रदेश ४ मा बागलुङ, प्रदेश ५ मा बाँके, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा बाजुरा उत्कृष्ट जिल्ला घोषणा गरिएको छ।


 

More form the Internet

loading...