Suvadin, Home

समाचारका विषयमा कुनै गुनासाे वा अापत्ति भए समन्वय गर्न प्रेस काउन्सिलकाे अाग्रह

महानगरीय प्रहरी परिसरले काठमाडौंका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले पुस ६ गतेकाे मिति राखेर 'तत्कालीन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालकाे कार्य सम्पादन मूल्यांकन कागजात र साेकाे प्राप्तिकाे श्राेत खुलार्इ उपलब्ध गराउन' विभिन्न सञ्चारमाध्यमलाई पत्राचार गरेकाे थियाे। काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

काठमाडौं, १२ पुस – प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमबाट प्रकाशित समाचारका विषयमा कुनै किसिमकाे गुनासो वा अापत्ति भए काउन्सिलसँग समन्वय गर्न सबैसँग आग्रह गरेको छ। 

काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले विज्ञप्ति जारी गरी कुनै पनि विषयमा आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने प्रष्ट पारेका हुन्।

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुमा अाएका समाचारकाे श्राेत खुलाउन नेपाल प्रहरीले गरेको पत्राचारप्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे।

महानगरीय प्रहरी परिसरले काठमाडौंका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले पुस ६ गतेकाे मिति राखेर 'तत्कालीन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालकाे कार्य सम्पादन मूल्यांकन कागजात र साेकाे प्राप्तिकाे श्राेत खुलार्इ उपलब्ध गराउन' विभिन्न सञ्चारमाध्यमलाई पत्राचार गरेकाे थियाे। काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

समाचारको स्रोतको संरक्षण गर्नु पत्रकार र आम सञ्चारमाध्यमको दायित्व रहेकाे उल्लेख गर्दै काउन्सिलद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ – 'आमसञ्चारमाध्यमबाट सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति कुनै आपत्ति, असन्तुष्टि, प्रतिक्रिया भएमा पत्रकार आचारसंहिता–२०७३ को उजुरी र कारबाहीअन्तर्गत दफा ६ मा रहेको प्रावधानअनुसार प्रेस काउन्सिल नेपालमा प्रतिक्रिया वा खण्डन पठाउन सकिने छ।' 

कुनै आम सञ्चारमाध्यमबाट सम्प्रेषित तथा समाचार सामग्रीका सम्बन्धमा केही जानकारी नै लिनुपर्ने मुनासिव कारण भएमा प्रेस काउन्सिल नेपालसँग समन्वय गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।


 

More form the Internet

loading...