Suvadin, Home

भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छः प्रधानमन्त्री 

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भने।

काठमाडौं, १२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भने। प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्इ आग्रह गरे।

कवि हरिभक्त कटुवालले 'जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ' लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उनले भने, 'मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस। मबाट अख्तियारको दुरुपयोग हुँदैन। मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन्। भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ।' 

प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ भन्दै यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने छ भने। बैठकले गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षा गर्दै चालू आवको बजेट र कार्यक्रम पारित गर्नेछ।


 

More form the Internet

loading...