Suvadin, Home

पृथ्वी जयन्तिमा दिइने सार्वजनिक बिदाका विषयमा न्यायिक परीक्षण हुने

पृथ्वीनारायण शाहको जन्म दिनका अवसरमा पुस २७ गते दिइने सार्वजनिक विदाको विषयमा न्यायिक परीक्षण हुने भएको छ ।

काठमाडौ । पृथ्वीनारायण शाहको जन्म दिनका अवसरमा पुस २७ गते दिइने सार्वजनिक विदाको विषयमा न्यायिक परीक्षण हुने भएको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएर सार्वजनिक विदा दिनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट दर्ता नभएपछि भण्डारीले मुख्य रजिष्ट्रारविरुद्ध दिएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएको हो ।

न्यायाधीश हरि फुयालको एकल इजलासले माघ १ गते दिएको आदेशमा पृथ्वीनारायण शाहको सम्झना र स्मृतिमा विदा दिने नदिने भन्ने विषयमा न्यायिक छलफल भई निर्णयमा पुग्नु मनासिव देखिएको उल्लेख गरेको हो । योसँगै अब उक्त विषय बारे न्यायिक परिक्षण हुने भएको हो ।

रास्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा पुस २७ गते २०६२र६३ को आन्दोलन अघिसम्म सार्वजनिक बिदा दिने गरिएको थियो ।

आन्दोलनपछि सरकारले बिदा कटौती गरेको थियो। बिदा पुनःस्थापनाका लागि नागरिक समाजले समेत आवाज उठाउँदै आएको छ ।


 

More form the Internet

loading...