Suvadin, Home
Nepal Telecom 927.2k

पुस २७ मा राष्ट्रिय बिदा दिन माग

सांसदहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेका छन्। व्यवस्थापिका संसदमा मंगलबार शून्य समयमा भाग लिँदै एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे।

काठमाडौं, पुस २६

स-साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म वि.सं. १७७९ पुस २७ गते भएको थियो। बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, द्रूतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धना पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिएका थिए। रासस

More form the Internet

loading...