Suvadin, Home

सम्पर्कविहीन उपल्लो डोल्पा
“यो जुनीमा घरबाटै मोबाइल फोनबाट कुरा गर्न पाइन्छ कि भन्ने आशासमेत मारिसकेका छौँ“

क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको छैन । दुर्गम जिल्लाको यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । सम्बन्धित निकायसामु माग राखे तर उपल्लो डोल्पालीको वास्तविक दैनिकी कसैले बुझ्न सकेन । उनीहरुको माग कसैले पनि सुनेन । यहाँका छार्का, मुकोट, तिन्जे, साल्दाङ जस्ता ठाउँ अझै पनि राज्यबाट सम्पर्कविहीन छन् । “राज्यले भनोस् उपल्लो डोल्पाली पशु हुन्, उनीहरुलाई सञ्चार सेवा चाहिँदैन, उनीहरुको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य होइन, होइन भने उपल्लो डोल्पामा शीघ्र मोबाइल टेलिफोन सेवा विस्तारका लागि पहल गरिदेओस्,”
टेलिफाेन।

डाेल्पा, २५ जेठ-  क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको छैन । 

दुर्गम जिल्लाको यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । इन्टरनेट सुविधा पाउनु त उपल्लो डोल्पालीका लागि सपना जस्तै हो । “यो जुनीमा घरबाटै मोबाइल फोनबाट कुरा गर्न पाइन्छ कि भन्ने आशासमेत मारिसकेका छौँ, सञ्चारको सुविधा नहुँदा बस्ती बसाइएदेखि अझैसम्म आफूहरु जङ्गली युगमा बाँचिरहेको महसुस गर्ने गरेका छौँ” – डोल्पो बुद्ध गाउँपालिका–१ का अध्यक्ष ग्याल्बो भोटेले गुनासो गरे। 

“राज्यले भनोस् उपल्लो डोल्पाली पशु हुन्, उनीहरुलाई सञ्चार सेवा चाहिँदैन, उनीहरुको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य होइन, होइन भने उपल्लो डोल्पामा शीघ्र मोबाइल टेलिफोन सेवा विस्तारका लागि पहल गरिदेओस्,”

डोल्पा त्यसमा पनि उपल्लो डोल्पा भौगोलिक हिसाबले एकदमै विकट छ । विकट भएकै कारणले एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्छ । विकटताले कष्टकर बनाइदिएको उपल्लो डोल्पालीको दैनिकी टेलिफोन सेवासम्म पनि उपलब्ध नहुदा विकराल बनेको उपल्लो डोल्पालीको गुनासो छ । 

उपल्लो भेगका कुनै गाउँमा हुने पूजाआजा तथा चाडपर्वको अवसरमा आफन्त तथा छिमेकीलाई खबर गर्न घन्टौँ हिँड्नुपर्छ । फोनबाट एक मिनेटमै हुने कामका लागि अग्ला अग्ला लेक काटेर घन्टौँ हिँडेर आफै पुग्नुपर्ने बाध्यता छ । स्थानीयवासी निमा लामाले भने – फोन सम्पर्क नहुदा छिमेकीलाई खबर गर्न गएको मान्छेसमेत कतै बिरामी भयो, पुग्यो वा पुगेन भन्ने पनि पत्तो हु्ँदैन । आफन्तसँग सन्चो बिसन्चोसमेत सोध्न मुश्किल छ ।” 

उपल्लो डोल्पामा मोबाइल फोन सेवाको विस्तार गराइदिन भन्दै यहाँका जनता पटकपटक हप्तौँ हिँडेर सदरमुकाम पुगे । सम्बन्धित निकायसामु माग राखे तर उपल्लो डोल्पालीको वास्तविक दैनिकी कसैले बुझ्न सकेन । उनीहरुको माग कसैले पनि सुनेन । यहाँका छार्का, मुकोट, तिन्जे, साल्दाङ जस्ता ठाउँ अझै पनि राज्यबाट सम्पर्कविहीन छन् । 

“उपल्लो डोल्पामा सञ्चार सेवा विस्तारका लागि राज्यसँग भन्दा भन्दा थाकिसक्यौँ, अझै सुनुवाइ भएन,” शे–फोक्सुन्डो गाउँपालिकाका प्रमुख तसी टुन्डुप गुरुङले भने। उपल्लो डोल्पाबाट चार–पाँच दिन हिँडेर फोन सुविधाको माग गर्न पटक पटक आए पनि सुनुवाइ नभएकामा उनले दुःख व्यक्त गरे। 

“राज्यले भनोस् उपल्लो डोल्पाली पशु हुन्, उनीहरुलाई सञ्चार सेवा चाहिँदैन, उनीहरुको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य होइन, होइन भने उपल्लो डोल्पामा शीघ्र मोबाइल टेलिफोन सेवा विस्तारका लागि पहल गरिदेओस्,” अनुनय गर्दै उनले भने। 

फोन तथा इन्टरनेट सुविधा नहुँदा उपल्लो डोल्पाका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको नियमित कामकाजसमेत प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

उपल्लो डोल्पामा टेलिफोन सुविधा नभएकै कारणले दर्जनाै सर्वसाधारणले उपचार नपाएर अकालमै ज्यान गुमाउन परिरहेको छ । छार्काताङ्सोङ गाउँपालिकाका प्रमुख सेनाङ गुरुङका अनुसार उपल्लो डोल्पाली कसैको घरमा पनि फोन छैन, न त गाउँमा नै, बिरामी परेर मर्नै आँटे पनि फोन सम्पर्क गरेर स्वास्थ्यकर्मी बोलाउने अवस्था छैन । 

जटिल प्रकारका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजान लाखौँ खर्च गरेर हेलिकप्टर मगाउँछु भन्दा पनि सञ्चार सुविधा नभएर अकालमा घरमै मर्नु उपल्लो डोल्पालीको नियति बनेको प्रमुख गुरुङ बताउछँन। सञ्चार सम्पर्क नहुँदा यहाँका दर्जनौँ सर्वसाधारणले अकालमै ज्यान गुमाइसकेका छन् । 

गत वर्षमात्रै यार्सागुम्बाको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई जवानको अकालमै ज्यान गएको थियो । बिरामी पर्दा उपचारका लागि हेलिकप्टर बोलाउन टेलिफोन सुविधा नभएपछि उनीहरुको अकालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। एकातिर भौगोलिक चुनौती तथा अर्कोतिर सञ्चार सुविधा नभएका कारण उपल्लो क्षेत्रमा खटाइएका प्रहरी टोली पनि त्यहाँ जान आनाकानी गर्छन् । 

भौगोलिक रुपमा विकट भएकाले उपल्लो डोल्पामा शान्ति सुव्यवस्था कायम गर्ने काम चुनौतीपूर्ण भएको स्थानीय प्रशासनको भनाइ छ । फोन सुविधा नभएर हप्तौँ अगाडि घटेका ठूल्ठूला घटनाको जानकारी हप्तौँ पछि आउने र त्यतिन्जेलसम्म अपराधी अपराध गरेर उम्की सक्ने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक खड्का बताउछन्। 

उपल्लो डोल्पालीको तीव्र गुनासोपछि केही स्थानमा नमस्ते तथा स्काई मोबाइल फोन विस्तार गर्न सर्भेसमेत गरिएको थियो । सर्भे सकिएको तीन महिना बितिसक्दा पनि काम सुरु गर्ने विषयमा कुनै पनि जानकारी नआएको दूरसञ्चार कार्यालय, डोल्पाले जनाएको छ । 

अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारमा पुग्न सफल चलचित्र ‘क्याराभान’ का नायक थिन्ले लुन्डुप लामाको क्षेत्र हो यो । डोल्पामा क्याराभान फिल्म बनेकै कारण डोल्पा भन्नेबित्तिकै उपल्लो डोल्पाको भूगोल चिन्ने र डोल्पाली भन्दा थिन्लेलाई चिन्ने त्यो क्षण आजसम्म आइपुग्दा भुलिसकिएको छ । 


उपल्लो डोल्पाका साल्दाङ, धो, मुकोट, छार्कालगायतका गाविसमा भिस्याट फोन सुविधाको व्यवस्था गरिएको थियो । मामा नै नहुनुभन्दा कानो मामा जाति भन्ने उखान जस्तै केही समय ठीकै सुविधा दिएको भिस्याट फोन अहिले उपल्लो डोल्पाको धो, मुकोट तथा फोक्सुन्डोमा मात्र सञ्चालनमा रहेको छ । 

साल्दाङ, भिजेर, छार्कालगायतका स्थानमा त्यही भिस्याट फोनसमेत बिग्रेको महिनाँै भइसकेको छ तर यसको मर्मतका लागि सम्बन्धित निकायलाई तातो नलागेको उपल्लो डोल्पाका स्थानीयवासी धावा गुरुङले बताउनुभयो । सञ्चालनमा रहेको भिस्याट फोन पनि मौसममा आधारित छ । घाम लागे चल्छ, नलागे चल्दैन । 

फोन तथा इन्टरनेट सुविधा नहुँदा उपल्लो डोल्पाका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको नियमित कामकाजसमेत प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।  माथिल्लो डोल्पाको छार्काताङ्सोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा भरपर्दो मोबाइल टावर राखिदिन तथा बिग्रेका भिस्याट फोनको मर्मत गरिदिन, माथिल्लो भोट क्षेत्रमा यथाशीघ्र मोबाइल सेवा विस्तार गरिदिन हेलो सरकार कार्यक्रममा गुनासो टिपाएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए । 

डोल्पामा फोन सेवा विस्तार गरिदिन भन्दै नेपाल टेलिकमको क्षेत्रीय कार्यालय, नेपालगन्जलाई २०७३ चैत ४ नागरिक समाज डोल्पाले सात बुँदे मागपत्रसमेत बुझाएको थियो । डोल्पामा टेलिफोन सेवा नहुदाको समस्या पटक–पटक नेपाल टेलिकमका क्षेत्रीय तथा केन्द्रीय कार्यालयहरुमा पठाउने गरिए पनि सुनुवाइ नभएको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए। 

अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारमा पुग्न सफल चलचित्र ‘क्याराभान’ का नायक थिन्ले लुन्डुप लामाको क्षेत्र हो यो । डोल्पामा क्याराभान फिल्म बनेकै कारण डोल्पा भन्नेबित्तिकै उपल्लो डोल्पाको भूगोल चिन्ने र डोल्पाली भन्दा थिन्लेलाई चिन्ने त्यो क्षण आजसम्म आइपुग्दा भुलिसकिएको छ । 

उपल्लो डोल्पामा सञ्चार सेवाको विकास हुन नसक्दा नियमित आउने पर्यटकलाई समेत समस्या हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । जिल्ला सदरमुकाम दुनैबाट भित्र छिरिसकेपछि कुनै पनि ठाउँमा फोन नलाग्ने भएकाले पनि पछिल्लो समयमा पर्यटकको सङ्ख्यामा कमी आएको उनीहरु बताउँछन् । बुद्धमार्गीहरुको ऐतिहासिक शे–गुम्बा, विश्वकै अग्लो मानवबस्ती धो तराप बस्तीलगायतका क्षेत्रसमेत सञ्चार सुविधाको अभावमा ओझेलमा पर्दैआएका छन्। रासस 


 

More form the Internet

loading...