Suvadin, Home

Cover Image

यी हुन् मास्क प्रयोग गर्ने १० सही तरिका 

काठमाडौं । काठमाडौंलगायतका देशभरका सहरहरुमा धूलोधुवाँ बढी भएपछि मास्क प्रयोगता नेपालमा बढेको छ । अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् । किनकी मास्कले रोग सर्नबाट रोक्न सक्छ । 

तर, कोभिड –१९ अर्थात कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि मास्क प्रयोगले थप व्यापकता पाएको हो । सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा त्यसको उपयोगिताको अर्थ रहँदैन । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरका अनुसार मास्क प्रयोग गर्दा पनि ध्यान दिनुपर्छ ।

सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा मास्कले हानिकारक धुलोको साना कर्णहरु शरीरमा पस्नबाट रोक्न नसक्ने डा समिर बताउँछन् । त्यतिमात्र होइन सहि तरिकाले मास्क प्रयोग नगरेमा त्यसले मुखको संक्रमण हुने जोखिम समेत हुन्छ ।

मास्क प्रयोग गर्दा  के-कुरामा ध्यान दिने ? 

१. सुल्टो प्रयोग गर्ने 

२. नाकको डाडीमा मास्कको प्लेटलाई च्यापेर लगाउने 

३. मास्कको तल, माथि, दायाँ, बायाँ एयर टाइट गर्ने 

४. सकभर एन 95 मास्क प्रयोग गर्ने 

५. मेडिकल / सर्जिकल मास्क ‘ युज एन थ्रो ‘ अर्थात डिस्पोजेबल हुन् | तसर्थ नयाँ मास्क एकपटक मात्र प्रयोग गर्ने अनि उचित ठाउँमा फ्याँक्ने 

६. प्रयोग गरेको मास्क खल्तीमा नराख्ने, घरभित्र नलैजाने 

७. मास्क निकाल्दा कानका डोरीबाट निकाल्ने र डिस्पोज गर्ने 

८. एउटाको मास्क अर्कोले प्रयोग नगर्ने 

९. आफ्नो साइजको मास्क मात्र प्रयोग गर्ने 

१०. कपडाको मास्क सकभर प्रयोग नगर्ने
 


 

More form the Internet

loading...