Suvadin, Home

Cover Image

प्रधानसेतापतिको सम्पति विवरण सार्वजनिक 

प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति विवरण पहिलो पटक सार्वजनिक भएको छ । नेपाली सेनाले पहिलो पटक उनको सम्पति विवरण सार्वजनिक गरेको हो । 

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति विवरण पहिलो पटक सार्वजनिक भएको छ । नेपाली सेनाले पहिलो पटक उनको सम्पति विवरण सार्वजनिक गरेको हो । 

उनले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा सेनाले सम्पति विवरण सार्वजनिक गरेको हो । 

संगठनमा सुधार अभियान थालेको बताउँदै उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएको बताइएको छ ।

नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । 

थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सार्वजनिक गरिएको सम्पति विवरणमा उल्लेख छ । 

यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।


 

More form the Internet

loading...