Suvadin, Home
Citizen Bank 35.1k

विकको हत्यामा संलग्न तामाङ पक्राउ

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति साढे ९ बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई सोमबार बिहान धापासीबाट पक्राउ गरेको हो। मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो।

काठमाडौं, वैशाख ३ – महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्णिमा विकको हत्यामा संलग्नलाई सोमबार पक्राउ गरेको छ। परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति साढे ९ बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई सोमबार बिहान धापासीबाट पक्राउ गरेको हो। मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो।

परिसरले सोमबार पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ। परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका लिभिङ टुगेदरमा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।


 

More form the Internet

loading...