Suvadin, Home

६ जनाको मृत्यु, तीन जना गम्भीर घाइते
स्वर्गद्वारी जाने तीर्थयात्रु सवार जिप प्यूठानमा दुर्घटना

प्यूठानमा भएकाे सडक दुर्घटना। फाइल तस्बिर

प्यूठान, चैत ११ – धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा८च १५६१ नम्बरको स्काेर्पियो जिप शुक्रबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू तीन जना गम्भीर घाइते भएका छन्। 

काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना हुँदा पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु हाे।

जिपमा चालकसहित नौ जना सवार रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन्। घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ। 

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज बिहान स्वर्गद्वारी जाँदै गरेका थिए। मृतकको हालसम्म सनाखत हुन सकेको छैन। 

घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुगेका टेकप्रसाद भण्डारीले जानकारी दिएका हुन्।

घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ। इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्।


 

More form the Internet

loading...