Suvadin, Home

६ जनाको मृत्यु, तीन जना गम्भीर घाइते
प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

प्यूठानको स्वर्गदारीमा शुुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ५ जना महिला र एक जना पुरुष छन्। तर, यो खबर तयार पार्दासम्म मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। काठमाडाैंबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थयात्रु रहेको प्रहरीले बताएको छ। काठामाडाैंको भैंसी देवलबाट तीर्थयात्रु बोकेर गाेदावरी जाँदै गरेको बा१ख १५६१ नम्बरको स्काेरपियो जिप प्यूठानको भिङ्ग्री-६ रुमालेमा शुक्रबार बिहान दुर्घटनामा परेको थियो।
प्यूठानमा दुर्घटनामा परेकाे जिप। तस्बिरः प्रमोद पोखरेल

दाङ, चैत ११ – प्यूठानको स्वर्गदारीमा शुुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ५ जना महिला र एक जना पुरुष छन्।

तर, यो खबर तयार पार्दासम्म मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। काठमाडाैंबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थयात्रु रहेको प्रहरीले बताएको छ।

काठामाडाैंको भैंसी देवलबाट तीर्थयात्रु बोकेर गाेदावरी जाँदै गरेको बा१ख १५६१ नम्बरको स्काेरपियो जिप प्यूठानको भिङ्ग्री-६ रुमालेमा शुक्रबार बिहान दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झण्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलार्इ भिङ्ग्री स्वास्थ्य चौकीमा उपचारका लागि राखिएकाे प्रहरीले बताएको छ। 

जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन्। घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ। 

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नागरिक समाजको टोली घटनास्थलतर्फ लागेकाे छ। इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयबासीले उनीहरूकाे उद्धार गरेका हुन्।


 

More form the Internet

loading...