Suvadin, Home

दुई जनाको बुटवलमा उपचार हुँदै
प्यूठान दुर्घटनाः ज्यान गुमाउने सातै जनाको सनाखत

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ललितपुर–१४  तिखेदेवल निवासी ४४ वर्षीय दिनेशध्वज बस्नेत, २४ वर्षीया सृष्टी बिसी बराल, ४० वर्षीया पद्मा बस्नेत, १३ वर्षीया दीक्षा बस्नेत १३ र २२ वर्षीया दिया बस्नेत, ४३ वर्षीया अम्बिका गजुरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। दुर्घटनाकी घाइतेमध्ये ५२ वर्षीया सुनिता श्रेष्ठको शुक्रबार दिउँसो बुटवलस्थित अञ्चल अस्पतलामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकहरू सबै ललितपुर महानगरपालिका वडा नम्बर–१४  तिखेदेवलबासी रहेको प्रहरीले बताएको छ।
प्यूठानमा दुर्घटनामा परेकाे जिप। तस्बिरः प्रमोद पोखरेल

दाङ, चैत ११ – प्यूठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाएका ७ जनाको पहिचान खुलेको छ। शुक्रबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउन सबै ललितपुर निवासी रहेको प्रहरीले जानकारी दिएको हाे।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ललितपुर–१४  तिखेदेवल निवासी ४४ वर्षीय दिनेशध्वज बस्नेत, २४ वर्षीया सृष्टी बिसी बराल, ४० वर्षीया पद्मा बस्नेत, १३ वर्षीया दीक्षा बस्नेत १३ र २२ वर्षीया दिया बस्नेत, ४३ वर्षीया अम्बिका गजुरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

दुर्घटनाकी घाइतेमध्ये ५२ वर्षीया सुनिता श्रेष्ठको शुक्रबार दिउँसो बुटवलस्थित अञ्चल अस्पतलामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकहरू सबै ललितपुर महानगरपालिका वडा नम्बर–१४  तिखेदेवलबासी रहेको प्रहरीले बताएको छ।

उक्त दुर्घटनामा परी जिपका चालक अन्दाजी लतिपुर गोटिखेल-२ बस्ने २१ वर्षीय सरोज घले र  ५० वर्षीया  सुशीला जिसी घाइते गम्भीर घाइते भएका छन्। उनीहरुको अहिले बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ललितपुरबाट स्वर्गद्वारीको दर्शनका लागि  जाँदै गरेको  बा८च १५६१ नम्वरको स्काेर्पियो जिप शुक्रबार बिहान सवा सात बजेतिर प्यूठानमा दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएका छ।


 

More form the Internet

loading...