Suvadin, Home

तेस्राे देशकाे विमान चार्टड गरी यात्रु सुरक्षित दाेहा पुर्याइयाे
साउदीले हवाइ उडानमा प्रतिबन्ध लगाएपछि यसरी यात्रु अाेसार्दै छ कतार एअर

कतारसँग कुटनितीक सम्बन्ध समाप्त गरेपछि इजिप्ट र साउदी अरेबियाले कतारका विमानलार्इ अाफ्नाे हवार्इ क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएपछि अलपत्र परेका यात्रुहरूलार्इ अाेसार्न कतार एअरलाइन्सले तेस्राे देशकाे प्रयाेग गर्दै चार्टड विमान मार्फत यात्रुहरूलाइ सुरक्षित दाेहा पुर्याइएकाे छ। कतार एअरलाइन्सले अाेमनका तीनवटा र कुवेतकाे एउटा विमान चार्टड गरि साउदी अरबबाट यात्रुहरू अाेसार्दै २४ घण्टामा राजधानी दाेहा पुर्याएकाे विज्ञप्ती मार्फत जनाइकाे छ। मंगलबार राती अाेमान एअरलाइन्सकाे चार्टड तीनवटा विमानले यात्रुहरूलाइ मस्कट ल्याएकाे र मस्कटबाट कतार एअरलाइन्सले अाफ्नाे कनेक्टिङ फ्लाइट मार्फत दाेहा पुर्याइएकाे हाे। 
कतार एअरलाइन्स।

काठमाडाैं, जेठ २४ - कतारसँग कुटनितीक सम्बन्ध समाप्त गरेपछि इजिप्ट र साउदी अरेबियाले कतारका विमानलार्इ अाफ्नाे हवार्इ क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएपछि अलपत्र परेका यात्रुहरूलार्इ अाेसार्न कतार एअरलाइन्सले तेस्राे देशकाे प्रयाेग गर्दै चार्टड विमान मार्फत यात्रुहरूलाइ सुरक्षित दाेहा पुर्याइएकाे छ। 

कतार एअरलाइन्सले अाेमनका तीनवटा र कुवेतकाे एउटा विमान चार्टड गरि साउदी अरबबाट यात्रुहरू अाेसार्दै २४ घण्टामा राजधानी दाेहा पुर्याएकाे विज्ञप्ती मार्फत जनाइकाे छ। मंगलबार राती अाेमान एअरलाइन्सकाे चार्टड तीनवटा विमानले यात्रुहरूलाइ मस्कट ल्याएकाे र मस्कटबाट कतार एअरलाइन्सले अाफ्नाे कनेक्टिङ फ्लाइट मार्फत दाेहा पुर्याइएकाे हाे। 

त्यस्तै, साउदी अरबबाट यात्रु अाेसार्न कतार एअरलाइन्सले एउटा कुबेत एअरकाे विमान पनि चार्टड गरेकाे जनाएकाे छ। साे विमानले साउदी अरबकाे जिद्या एअरपाेर्टबाट स्थानिय समयानुसार बुधवार साझ स्थानिय समयानुसार ७ बजेर १५ मिनेटमा स्वदेशका लागि प्रस्थान गरेकाे जनाइएकाे छ। 

कतार एअरलाइन्स कार्यकारी प्रमुख अकबर अल बकरले अाफ्ना नागरिकलार्इ अन्य अरबी मुलुकहरूले फ्लाइट रद्द गरेकाे २४ घण्टा भित्र अाफ्ना नागरिकलार्इ सुरक्षित साथ दाेहा पुगाउन प्रतिबद्ध रहेकाे बताएका छन्। अाफुहरू एक मिनेटपनि अाराम नगरी निरन्तर साे काममा खटिएकाे विज्ञप्तीमा जनाइएकाे छ। 

साउदी अरेबिया, बहरेन र इजिप्टले कतारका हवाई जहाजहरुलाई मंगलबारदेखि आफ्ना हवाई क्षेत्रमा प्रवेश गर्न नदिने बताए पछि अाफ्ना नागरिकहरू अाेसार्न कतार एअरलाइन्सले तेस्राे मुलुककाे प्रयाेग गरेकाे छ। 

इमिरेट्स र इतिहादसहित खाडी क्षेत्रका प्रमुख हवाई सेवा प्रदायकले समेत कतारका लागि आफ्ना उडानहरु बन्द गरेपछि एक्लिएकाे कतार एअरलाइन्स माथि ठुलाे चुनाैती देखिएकाे छ ।आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्।

उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउदै साे निर्णय गरेका हुन्।


 

More form the Internet

loading...