Suvadin, Home

प्याराग्लाइडिङ दुर्घटनामा दुई घाइते, एकको अवस्था गम्भीर

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको एउटा हात जलेको बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ। उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए। 

चिप्लेढुङ्गा, २० फागुन – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ। 

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको एउटा हात जलेको बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ। उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए। 

अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका हुन्। उनी रूखमा अड्किएका थिए। उनलाई स्थानीयवासीले उद्धार गरेका छन्। उनको अवस्था भने सामान्य रहेको छ।

यागुदिन कुन कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताए। पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो। रासस


 

More form the Internet

loading...