Suvadin, Home

Cover Image

सिटी सेन्टर 'हत्या' प्रकरण
रविनकाे हत्यामा संलग्नलार्इ कडा कारबाहीकाे माग

विभिन्न संघसंस्थाले काठमाडाैंकाे सिटी सेन्टरमा भएकाे रविन खवास भुजेलकाे हत्या प्रकरणका विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेकाे छन्। साथै हत्यामा संलग्नलार्इ कडा कानूनी कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्।
रविन खवास भुजेल।

काठमाडाैं, फागुन २० – विभिन्न संघसंस्थाले काठमाडाैंकाे सिटी सेन्टरमा भएकाे रविन खवास भुजेलकाे हत्या प्रकरणका विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेकाे छन्। साथै हत्यामा संलग्नलार्इ कडा कानूनी कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्।

काठमाडाैंकाे कमलपाेखरीस्थित सिटी सेन्टरमा शुक्रबार बिहानमा रविनकाे शव फेला फेला थियाे। 

भुजेल विद्यार्थी मञ्चका कार्यवाहक अध्यक्ष रमेश भुजेलद्वारा जारी विज्ञप्तीमा मञ्चका सचिव रविन भुजेलकाे हत्यामा संलग्न अभियुक्तलार्इ तत्काल कारबाही गर्न माग गरिएकाे छ।

रविनकाे मृत्यु शंकास्पद भएकाले अनुसन्धान र छानवीन गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरिएकाे छ। उनकाे हत्याका सम्बन्धमा नेपाल प्रहरीकाे टेकुस्थित अपराध अनुसन्धान महाशाखाले अध्ययन गरिरहेकाे छ। 

यसैबीच, भुजेल समाज सेवा समितिका केन्द्रीय सचिव प्रकाश भुजेलले रबिन भुजेलकाे हत्यामा संलग्नलार्इ कारबाहीकाे माग गरेका छन्। उनले घटनाका विषयमा प्रहरीबाट निष्पक्ष छानवीन हुनुपर्ने पनि माग राखेका छन्।


 

More form the Internet

loading...