Suvadin, Home

Cover Image

५ थान एसएमजी राइफल र त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद

नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । 

काठमाडौं । नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । 

कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।  

विप्लव समूहले हतियार ल्याउँदैछ भन्ने ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो ।


 

More form the Internet

loading...