Suvadin, Home

मुद्दा दायर गरिएका राजपाका नेता कार्यकर्ताकाे नाम किन गाेप्य राखियाे

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए।  राजपा नेता मोहम्मद कादिर, राधे कामतलगायतका विरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये अन्य १२ जनाको नाम भने प्रहरीले खुलाएको छैन । 

उर्लाबारी (मोरङ), ४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले अवान्छित गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का १४ जना नेता कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए। 

राजपा नेता मोहम्मद कादिर, राधे कामतलगायतका विरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये अन्य १२ जनाको नाम भने प्रहरीले खुलाएको छैन । 

विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गर्न गएका बेला उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । रासस 


 

More form the Internet

loading...