Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

शम्भुनाथमा आगलागी २० लाख रुपैयाँकाे क्षति

स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

राजविराज, १ फागुन सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२ मा गएराति आगलागी हुँदा करिब २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

आगलागीमा परी रु पाँ चलाख नगदसहि, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थिए।

आगलागीमा परी आधा दर्जन पशुचौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ ।