Suvadin, Home

Cover Image

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी विजयी

कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ५४१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

टीकापुर । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ५४१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रत्यासी ध्रुवराज खत्रीलाई ३२० मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भएका छन् । महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत धनबहादुर शाहीका अनुसार महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भएका छन्। खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी भएका छन् ।


 

More form the Internet

loading...