Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

बलात्कारपछि हत्या हुनेमा दलित बढी

सङ्घले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा यहाँ सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन्।
सांकेतिक तस्वीर।

काठमाडौं, २८ फागुन- बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको संख्या देखिएको छ। दलित महिला संघले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन्। दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ। 

सङ्घले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा यहाँ सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन्।

कूल जनसंख्याको १३ प्रतिशत जनसंख्या दलित समुदायको छ, जसमा आधा संख्या महिलाको छ। अन्य जातजातिको करीब जनसंख्याको अनुपात बराबर बलात्कारका घटना भएका छन् भने दलितको हकमा भने जनसंख्याको दोब्बर प्रतिशत रहेको देखिन्छ। 

प्रतिनिधिसभाकी सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले पनि दलित युवतीमाथि बलात्कारका घटना बढेको जिकिर गरिन्। नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार महिलामाथि घरेलु हिंसा बढिरहेको र सन् २०१८ को सर्वेक्षणअनुसार ३७ प्रतिशतले घटना बढेको छ। 

अधिवक्ता मीरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। दलित महिला सङ्घकी पूर्व अध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताइन्।


 

More form the Internet

loading...