Suvadin, Home

काठमाडौं,२९ फागुन 

मेषः– घरमा सुख शान्ति कम मिल्नेछ। काम गर्दा विभिन्न झमेला आइलाग्ने छन्। प्रयत्न गरेमा काममा सफलता मिल्नेछ। समयमा सचेत हुनु आवस्यक छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला। भाग्यले साथ दिदा केहि उपलब्धि हात लाग्नेछ।

वृषः–शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ। अरुको भर परेर काम नगर्नु होला। उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ। भाग्यले कम साथ दिनेछ। साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ। अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ।

मिथुनः– काम काजमा अवरोध आउने क्रम रोकिने छैन। अनावस्यक झमेला आई लाग्ने देखिन्छ। आर्थिक पक्ष दुर्वल बन्नेछ। व्यापार व्यवसायमा पनि मन्दि आउनेछ। आम्दानी भन्दा नोक्सान बढि होला। चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला। राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला।

कर्कटः– गोचरबाट दिन अनुकुल नै देखिन्छ। पराक्रम बढ्नेछ। नसोचेका ठाँउबाट धन आउनेछ। व्यापारबाट आय आर्जन राम्रो हुनेछ। कुनै काम गर्नु छ भने समयमा गर्नु होला सधै समयले साथ दिने छैन। हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ। मिलेर भने पटक्कै काम नगर्नु होला।

सिंहः– आत्मविश्वास बढ्ने छ। लगनशिल भई काममा लाग्नु होला। विना मेहनत कहिबाट केहि मिल्ने छैन। खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला। परिश्रमको फल राम्रो निस्कने छ। विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ। शत्रु नास हुनेछन्।

कन्याः– आफ्ना कामलाई केन्द्र विन्दु राखेर काम गर्नु होला। दिन आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ। समयमा भने सामान्य सुधार आउनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न। आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ। रोकिएका काम अगाडि बढ्ने छन्। पढाई लेखाईमा प्रगति हुनेछ। धर्मिक विश्वास बढ्नेछ।

तुलाः– समयले कम साथ दिएको देखिन्छ। काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ। गरेका कामले पनि पूर्णता पाउने छैन। आस्था र विश्वास घट्नेछ। आलस्यता बढ्नेछ। मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ। अरुबाट सहयोगको आशा राख्नु गलत हुनेछ। लगानी नबढाउनु होला।

वृश्चिकः–सामान्यतया दिन अनुकुल नै देखिन्छ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। अरुको भर नपरि काम गर्नु होला। राजनैतिक गतिविधि अगाडि बढ्ने छन्। नोकरीमा नयाँ सम्भावना देखिने छन्। पढाई लेखाईमा खासै चासो बढ्ने छैन । श्रमको मुल्य मिल्नेछ। भाग्य भन्दा कर्म बलियो देखिन्छ। अग्नि तत्व प्रधान कामबाट बढि फाइदा हुनेछ ।

धनुः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला। गरेका अधिकाँक काम सफल हुनेछन्। मुद्धा मामिलामा विजय हात लाग्नेछ। अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला। झट्ट कसैलाई पनि विश्वास गरेर काम नगर्नु होला धोका हुनसक्छ।

मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला। यात्रामा कष्ट हुने देखिन्छ। अरुको भरोसामा मात्रै काम नगर्नु होला। एउटा एउटा चिन्ताले छोड्ने छैन। व्यापारबाट सोचे जस्तो लाभ हुने छैन। आफ्नै कारण मित्र पनि टाढा हुनेछन्। विवादबाट टाढा वसेर काम गर्नु होला। भय आतुरमा गरेका कामले पोल्नेछ।

कुम्भः– विना तयारी काम गर्दा सोचे जस्तो उपलब्धि हात पार्न सकिने छैन। लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ। पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न। परभाव,परबन्धनको सम्भावना देखिन्छ। जोखिम मोलेर कुनै काम नगर्नु होला। मालसमान चोरी वा हराउन सक्छ चनाखो रहनुहोला ।

मिनः– गरेका काम अधिकाँश सफल हुने देखिन्छ समयको सदुपयोग गर्न पछि नपर्नु होला। आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन्। व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला। आफन्तजनको सहयोग पाईने छ। वैदेशिक मार्ग र शैक्षिक मार्ग बढि सफल देखिन्छ। अन्य मार्ग सामान्य रहेका छन्।


 

More form the Internet

loading...