Suvadin, Home

Cover Image

पशुपतीनाथ मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने ८ जना पक्राउ

पशुपति क्षेत्रबाट ८ जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) शैलेस थापा क्षेत्रीले जानकारी दिए। पक्राउ परेकाहरुलाई सोमबार साँझसम्म वाच गरेपछि अपराधको प्रकृति हेरेर मुद्दा चलाइने वा नचलाउने बारे निर्णय गरिने डिआईजी क्षेत्रीले बताए।
सांकेतिक तस्विर

काठमाडौं, २० फागुन – महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतीनाथको मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने र पाकेट मार्दै हिँड्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पशुपति क्षेत्रबाट ८ जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) शैलेस थापा क्षेत्रीले जानकारी दिए।

पक्राउ परेकाहरुलाई सोमबार साँझसम्म वाच गरेपछि अपराधको प्रकृति हेरेर मुद्दा चलाइने वा नचलाउने बारे निर्णय गरिने डिआईजी क्षेत्रीले बताए।

पशुपति क्षेत्रमा चार हजार प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था चुस्त बनाईएको  डिआईजी क्षेत्रीले बताए।


 

More form the Internet

loading...