Suvadin, Home

रेशम चौधरीको सपथपछि राजपाका अध्यक्ष महतोको प्रतिक्रिया के ?

बिहीबार सिंहदरबारमा रहेको संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा नागरिकको अभिमतको सम्मान गर्ने काम भएको बताए।
फाइल फाेटाे

काठमाडौं, १९ पुस – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीको सपथ ग्रहण गराएर सरकारले नागरिकको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन्।

बिहीबार सिंहदरबारमा रहेको संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा नागरिकको अभिमतको सम्मान गर्ने काम भएको बताए।

उनले चौधरीलाई  निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र नागरिकको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भए पनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको प्रतिक्रिया दिए।

उनले संविधान संशोधन, बन्दी रिहाई, मुद्धा फिर्तालगायत आफूहरुले उठाएको मागमा सरकार सकारात्मक छ र भविष्यमा सम्बोधन हुँदै जाने विश्वासका साथ सपथलाई सहमति कार्यान्वयनको पहिलो कदमको रुपमा लिएको बताए।

रेशम चौधरीलाई अदालतले पनि न्याय गर्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले राजनीतिक मुद्धालाई राजनीतिक रुपमा नै सम्बोधन गरिनुपर्ने तर्क गरे।


 

More form the Internet

loading...