Suvadin, Home

छाडा चौपाया व्यवस्थापन गर्न उच्च अदालतको आदेश

महेन्द्रनगर ईजलासको शाखा अधिकृत प्रकास भट्टले स्थानीय तहको जिम्मेवारी अन्तरगत गर्ने छाडा चौपाया व्यवस्थापनका लागी विपक्षीको नामका कारण देखाउ आदेश जारी गरिएको बताए। महेन्द्रनगर ईजलासका न्यायधिस पवन कुमार शर्माको एकल ईजलासले सोमबार उक्त फैसला गरेको हो।

मदन गिरी, महेन्द्रनगर, १७ असोज – कञ्चनपुरका छाडा चौपायाको समस्या रहेको स्थानीय तहलाई १५ दिन भित्रमा त्यसको व्यवस्थापन गर्न उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले आदेश जारी गरेको छ। अधिवत्ता गजेन्द्र बहादुर रावलले २४ जनालाई विपक्षी बनाएर आइतबार हालेको रिट निवेदनमा महेन्द्रनगर ईजलासले कारण देखाउन आदेश जारी गरेको हो। 

महेन्द्रनगर ईजलासको शाखा अधिकृत प्रकास भट्टले स्थानीय तहको जिम्मेवारी अन्तरगत गर्ने छाडा चौपाया व्यवस्थापनका लागी विपक्षीको नामका कारण देखाउ आदेश जारी गरिएको बताए। महेन्द्रनगर ईजलासका न्यायधिस पवन कुमार शर्माको एकल ईजलासले सोमबार उक्त फैसला गरेको हो।

ईजलासले गाई राष्ट्रिय जनावर भएको र छाडा रुपमा छोडिएका चौपायाले सडकमा दुर्घग्ना तथा विभिन्न रोगको जोखिम बढ्दै गईरहेकोले त्यसको व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहलाई आदेश दिएको हो। 

छाडा चौपाय व्यवस्थापन स्थानीय तहको कर्तव्य भित्र पर्ने महेन्द्रनगर ईजलासको ठडर छ। पुर्व पश्चिम राजमार्गसँग जोडिएका छाडा चौपायाका समस्या भोगी रहेको कञ्चनपुरका पाँच वटा स्थानीय तहलाई आदेश जारी भएको छ। रिट निवेदकले स्थानीय तहसँग वडा कार्यलयलाई पनि विपक्षी बनाएको छ।


 

More form the Internet

loading...