Suvadin, Home

रिडी–तम्घास सडकखण्ड  दुई दिनदेखि अवरुद्व, दशैं मनाउन हिडेका यात्रु अलपत्र 

गल्मीको रिडी–तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण दुई दिनदेखि अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। गुल्मीको एक कार्यक्रममा आउन लागेका महानायक राजेश हमाल पनि पहिरोका कारण अलपत्र परेका छन्। हमाल धुर्कोटमा आयोजित बडादशैं मेलाको अन्तिम दिन सहभागी हुन आउँदैथिए।
रिडी–तम्घास सडकखण्ड।


काठमाडौं, असोज १२ – गल्मीको रिडी–तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण दुई दिनदेखि अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। गुल्मीको एक कार्यक्रममा आउन लागेका महानायक राजेश हमाल पनि पहिरोका कारण अलपत्र परेका छन्।  हमाल धुर्कोटमा आयोजित बडादशैं मेलाको अन्तिम दिन सहभागी हुन आउँदैथिए। 

रेसुंगा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा झरेको सुख्खा पहिरोले हमालसँगै सयौं यात्रुहरु अलपत्र परेका छन्।
हमालसहित दशैं मान्न आएका सयौं यात्रुहरु हिँडेर घोर्लेसम्म आई अर्को गाडी चढ्ने गरेका छन्।

एक सातादेखि बेला–बेलामा अबरुद्ध हुँदै र खुल्दै आएको सडक बुधबार साँझदेखि बिहीबार दिउँसोसम्म ठप्प छ।  बिहानैबाट सडक खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन।

सडक खुलाउन रेसुंगा नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएका छन्।बिहानैदेखि सडक खुलाउन पहिरो फाले पनि माथीबाट झन् ठूलो पहिरो खस्ने क्रम जारीे छ। 


 

More form the Internet

loading...