Suvadin, Home

अावतजावत सहजका लागि नारायणगढ–मुग्लिन सडकमा पुल निर्माण हुने 

नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ। उक्त सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन्।
नारायणगढ–मुग्लिन सडकखण्ड।

काठमाडौं, असोज १३ – नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ। उक्त सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन्।

सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ। उनका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ। 

अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ। महाशाखा प्रमुख श्रेष्ठले भने, ‘डिजाइन एण्ड बिल हुँदैछ। एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ।’ हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन्।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मि मात्र चौडा छन्। अब बन्ने पुल ११ मिटर चौडा हुने छन्। 

पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिका दरले फुटपाथ रहने छ। पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ। बीचको भागबाट दुई वटा गाडी एकैसाथ आवतजावत गर्न सक्ने छन्। विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने जानकारी दिए।  


 

More form the Internet

loading...