Suvadin, Home

 नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा  
पहिरोमा पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता 

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँपगै भ्यान त्रिशूलीमा खसेपछि बेपत्ता भएकाहरुमध्ये  दुई प्रहरीको शव भेटिएको छ। 
फाइल फाेटाे।

काठमाडाैं, असार ९– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँपगै भ्यान त्रिशूलीमा खसेपछि बेपत्ता भएकाहरुमध्ये  दुई प्रहरीको शव भेटिएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको प्रहरीले जनाएको छ।

तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का रहेका थिए।  पहिरोसँगै भ्यान खसेपछि बेपत्ता भएका उनीहरुको शव  सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको एसपी दीपक थापाले बताए।

पहिरोमा परी बेपत्ता भएका इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन। कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुन्। उनीहरुसँगै प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र दुई थान एसएलआर हतियार हराएका छन् । 

पहिरोले भिरमा अड्काएको ना ५ख ७८२७ नम्बरको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरहनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ ।  

सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ।   


 

More form the Internet

loading...