Suvadin, Home
रुपन्देहीको देवदहमा र झापाको भएको सडक दुर्घटनामा शनिबार  दुई  जनाको मृत्यु भएको छ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।

रुपन्देही  माघ ८- रुपन्देहीको देवदहमा र झापाको भएको सडक दुर्घटनामा शनिबार  दुई  जनाको मृत्यु भएको छ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।

लु १ ख ४६६१ नं को टिपरले देवदह– ५ सिङ्गाहा भित्री सडकमा लु ६ प ४६४९ नं को मोटरसाइकललाई ठक्कर दिँदा साे दुर्घटना भएकाे हाे । 

टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका बुद्धिराज न्यौपाने घाइते भएका छन्। उनको हात कामै नलाग्ने गरी थिचिएको देवदह प्रहरी चौकी प्रमुख भक्ति पाण्डेले जानकारी दिएका छन्। ठक्करबाट मृत्यु भएका पुन देवदहको भवानी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य हुन। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।

यता झापामा बसको ठक्करबाट शनिवार श्रीमानकाे मृत्यु भएकाे छ भने श्रीमती गम्भीर घाइते छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा  ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो। 

पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्रतर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो। बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिर मगर गम्भीर घाइते भएकी छन्। उनको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन्। दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। रासस 


 

More form the Internet

loading...