Suvadin, Home

दार्चुला र काभ्रेमा सडक दुर्घटना
१० वर्षीया बालिकासहित दुई जनाको मृत्यु

दार्चुला र काभ्रेमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ। दार्चुलाको गौरीशंकर गाँउपालिका–५ सुरिचेभिरस्थित भित्री कच्ची सडकखण्डमा आइतबार भएको दुर्घटनामा १० वर्षीया प्रशंसा कार्कीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परेकाे एउटा ट्याक्टर। फाइल तस्बिर

काठमाडौं, चैत २१ – दार्चुला र काभ्रेमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।

दार्चुलाको गौरीशंकर गाँउपालिका–५ सुरिचेभिरस्थित भित्री कच्ची सडकखण्डमा आइतबार भएको दुर्घटनामा १० वर्षीया प्रशंसा कार्कीको घटनास्थलमै मृत्यु भएको छ।

अरु ४ जना बालक घाइते भएकाले उपचारको लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। 

लु३त ५१८६ नम्बरको ट्याक्टरमा खेल्दै गरेका ५ जना बालबालिका दुर्घटनामा परेका हुन्। ट्याक्टर आफै गुडेर सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

यसैगरी, काभ्रेमा मण्डन देउपुर नगरपालिका–१० माझीगाँउस्थित देउपुर–जिरो किलो सडकखण्डमा भएको दुर्घटनामा १६ वर्षीय श्याम माझीको घटनास्थलमै मृत्यु भएको छ।

बा४ख ३३५२ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। फरार ट्रिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ।


 

More form the Internet

loading...