Suvadin, Home

प्यूठानमा बाटो खन्दै गरेको एक्जाभेटर दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते

प्यूठानमा  एक्जाभेटर  दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप छ जना गम्भीर घाइते भएका छन्। प्यूठान –६ दाङवाङ हतदिपमा बाटो मर्मतको काम गरिरहेको ना१ख ३३१९ नम्बरको एक्जाभेटर बिहीबार साँझ  ७ बजे  चिफ्लिएर साे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

नारायण खड्का दाङ, माघ १४ 


प्यूठानमा  एक्जाभेटर  दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप छ जना गम्भीर घाइते भएका छन्। प्यूठान-६ दाङवाङ हतदिपमा बाटो मर्मतको काम गरिरहेको ना१ख ३३१९ नम्बरको एक्जाभेटर बिहीबार साँझ  ७ बजे  चिफ्लिएर साे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरकाअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक्जाभेटरका चालक प्यूठान-६ दाङवाङका  १८ वर्षीय दीपक गाहा, २३ वर्षीयका शेषकान्त आचार्य र १३ वर्षका ज्ञानेन्द्रबहादुर गाहा छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। शेषकान्त आचार्य र ज्ञानेन्द्रबहादुर गाहा एक्जाभेटरले सडक खनेको  हेर्न गएका स्थानीय युवाहरू भएको पनि प्रहरीले जनाएको छ। 

सडक किनारामा उभिएर मर्मत गरिरहेको दृश्य हेर्न गएका अन्य छ जनासमेत  एक्जाभेटर चिफ्लिएर खस्दा  घाइते भएका हुन्। घाइते उनीहरूको बुटवलकाे अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूकाे अवस्था  खतरा मुक्त रहेको प्रहरीले बताएको छ। उक्त एक्जाभेटर अर्घखाँची र प्यूठान जोड्ने सडक खन्नका लागि लगिएको थियो। घटनास्थल दाङ अर्घाखाँची र प्यूठानको सीमामा पर्छ। 


 


 

More form the Internet

loading...