Suvadin, Home

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

चितवन, धनुषा र काठमाडौंमा भएका सडक दुर्घटनामा परी तीन जनाकाे ज्यान गएको छ। चितवनको भरतपुर-११ बौद्धगुम्बामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे ना२५प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर विकको मृत्यु भएको हो।

काठमाडौं, फागुन १४- चितवन, धनुषा र काठमाडौंमा भएका सडक दुर्घटनामा परी तीन जनाकाे ज्यान गएको छ। चितवनको भरतपुर-११ बौद्धगुम्बामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे ना२५प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर विकको मृत्यु भएको हो।

उनको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। पैदलयात्रीलाई ठक्कर दिर्इ मोटरसाइकल पनि पल्टिँदा घाइते भएका मोटरसाइकलमा सवार दुर्इ जनाको सोही अस्पतालमै उपचार भइरहेको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

त्यस्तै, धनुषाको मिथिला-१ नक्टाझिझमा गएराती स्कारपियो गाडीको ठक्करबाट मोटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ-३ का २५ वर्षीय मुकेश बातरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा भारतमा राति नै मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २२ वर्षीय रमन ठाकुरको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। नम्बर खुल्न नसकेको स्कारपियो गाडिले ज५प ५९७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ९ बजे ठक्कर दिएको थियो। दुर्घटनापश्चात स्कारपियोसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

यस्तै, काठमाडौंको बाफलमा पानी ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु,भएको छ भने दुर्इ जना घाइते भएका छन्। शुक्रबार बेलुकी पानी ट्याङ्करले ठक्कर दिँदा एकै परिवारका तीन जना घाइते भएकाेमा एक जनाकाे शनिबार बिहान मृत्यु भएको हाे। मृत्यु हुनेमा बाफल बस्दै आएका धादिङ धाक्रे-३ का रामेश्वर कार्कीका १० महिनाका छोरा सुलभ छन्। बा३ख ३००६ नम्बरको पानी ट्याङ्करले शुक्रबार बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका रामेश्वर,सुभद्रा थापा र उनका छोरा सुलभलाई एकैसाथ ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बालमैत्री अस्पतालमा शनिबार बिहान साढे ६ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका रामेश्वर कार्की र सुभद्राको भने मनमोहन अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत्त स्वयम्भुले जनाएकाे छ।


 

More form the Internet

loading...