Suvadin, Home

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु

दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताए। मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुर, १ साउन – कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक बुधबार दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताए। मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ। 

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २ सय ५० नम्बर भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नम्बर को म्याजिक भ्यान एक आपसमा ठोक्किँएका हुन्। घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ।


 

More form the Internet

loading...