Suvadin, Home

बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु

दुर्घटनामा डोटी जोरायलका २८ वर्षका जीप चालक कमल सुनारको मृत्यु भएको छ। जीप सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको स्थानीय अनिरुद्र जोशीले बताए।

बैतडी, १७ पुस – बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १२ बजेतिर पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा डोटी जोरायलका २८ वर्षका जीप चालक कमल सुनारको मृत्यु भएको छ। जीप सडकभन्दा लगभग ५ सय मिटर तल खसेको स्थानीय अनिरुद्र जोशीले बताए।

जीपमा २ जना मात्रै सवार रहेको र जीपका साहू तेज रावल भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीको टोली घटनास्थल पुगी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गीन्द्रबहादुर बोगटीले जानकारी दिए।


 

More form the Internet

loading...