Suvadin, Home

असुरक्षित सडक
दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना–२ झारगैरामा विंगर जीपको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा सैनामैना–२ झारगैराकै ४८ वर्षीय नारायण खनाल र उनकी श्रीमती ३२ वर्षीया कमला खनालको मृत्यु भएको हो।
दुर्घटना माेटरसाइकल ।

बुटवल, चैत १ – पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना–२ झारगैरामा विंगर जीपको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा सैनामैना–२ झारगैराकै ४८ वर्षीय नारायण खनाल र उनकी श्रीमती ३२ वर्षीया कमला खनालको मृत्यु भएको हो।

मंगलबार बिहान पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु१ज २२३० नम्बरको विंगर जीपले सोही दिसातर्फ आइरहेको लु९प ४४८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 
विंगर जीपले सोही दिसाबाट आउँदै गरेको अर्काे साइकललाई समेत ठक्कर दिएको थियो। 

ठक्करबाट साइकलमा सवार नरेश ठाकुर र उनकी छोरी पश्चिमा ठाकुर घाइते भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। दुर्घटना लगत्तै फरार भएको विंगर चालक केही घण्टापछि प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले विंगर पनि नियन्त्रणमा राखेको छ।


 

More form the Internet

loading...