Suvadin, Home

गुजरातमा सवारी दुर्घटना, ३० जनाको मृत्यु

विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ। गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो।

नयाँ दिल्ली, फागुन २२ – भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा ३० जनाको ज्यान गएको छ। 

विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। 

गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ। गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो। 

एकजना स्थानीय नागरिकको विवाहको भोजका लागि सहभागीहरु बोकेर सो ट्रक एक स्थानीय होटलतर्फ गइरहेको बताइएको छ। 

यस घटनामा परी अरु के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा प्रष्ट गरिएको छैन। तर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जानकारी प्रहरीले दिएको छ। 

उक्त दुर्घटनाको उद्धारकार्य जारी रहेको जानकारी दिइएको छ। प्रहरीका वरिष्ठ अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन् र उनीहरुले तीब्र रुपमा उद्धारकार्य जारी राख्न भनेका छन्। 

यस दुर्घटनाको विस्तृत विवरण हाल प्राप्त भएको छैन। उद्धारकार्य जारी रहेकोले केही समयमा घटनाबारे सबै तथ्य सार्वजनिक हुने अधिकारीहरुले बताएका छन्।


 

More form the Internet

loading...