Suvadin, Home

काजकिस्तानमा सडक दुर्घटनामा ५२ को मृत्यु

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ। पाँच व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु भएपछि उक्त सङ्ख्या ५५ पुगेको बताइएको छ।

काठमाडाैं, ४ माघ – उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ। यात्रामा गुडिरहेको उक्त बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ।

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ। पाँच व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु भएपछि उक्त सङ्ख्या ५५ पुगेको बताइएको छ।

मन्त्रालयले यस लागलागीको कारण भने खुलाएको छैन। यस समाचारको प्रारम्भिक सूचना मात्र प्राप्त भएको बताइएको छ। प्रहरीले बिहीबार साँझ सम्ममा मात्र उक्त दुर्घटनाको विस्तृत विवरण दिइने जानकारी दिएको छ।


 

More form the Internet

loading...