Suvadin, Home

रोशनी शाहीको आरोप : प्रहरीले बन्धक बनाएर महरानविरुद्ध जाहेरी दिन लगायो

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध जाहेरी दिन लगाएको आरोप लगाएकी छन् ।

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध जाहेरी दिन लगाएको आरोप लगाएकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै शाहीले उक्त आरोप लगाएकी हुन् । आफूले असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य बताउँदै असोज १२ गते महरा आफ्नो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै नभएको र महरा निर्दोष भएको उल्लेख गरेको निवेदन दर्ता गराएको भएपनि असोज १७ गते करिब ८:४५ बजे प्रहरी वृत्त बानेश्वरले सोधपुछका लागि भनेर बोलाई ९ घन्टा बन्धक बनाएर प्रहरीले जवरजस्ती आफूलाई महराविरुद्ध जाहेरी दिन बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

१९ गते पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि प्रहरीको कडा निगरानीका कारण सम्भव नभएको उनको भनाइ छ ।

उनले आफ्नो अन्तर्वार्ता बाहिर ल्याउने पत्रकारमाथि समेत आक्रोस पोखेकी छन् । उनले भनेकी छन्, 'आफू कोठामा एक्लै भएको फाइदा उठाएर पत्रकारले जबरजस्ती कोठामा आइ अन्तर्वार्ता लिइएको र अनुमति विना सामाजिक सञ्जालमा राखेर बेइजत गर्ने कार्य गरेको भन्दै आक्रोश पोखेकी छन् ।


 

More form the Internet

loading...