Suvadin, Home

एक साताका लागि रुट परमिट खुला, मालवाहक सवारीमा प्रतिबन्ध

काठमाडौं । दसैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ ।

सरकारले यही आइतबारदेखि असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो । 

आइतबारदेखि नै १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटबाट काठमाडौँ आगमनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ न

खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । 

शुक्रबार सडक मर्मत र ठूला सवारी साधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दसैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए ।


 

More form the Internet

loading...