Suvadin, Home

व्यवसायी रुप ज्योति हाजिर जमानतमा रिहा

ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रूप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

काठमाडौं । ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रूप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

डा. ज्योतिविरुद्ध ठगी अभियोगमा प्रहरीमा जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि विवाद सकिएको हो ।


 

More form the Internet

loading...