Suvadin, Home

Cover Image

सातै जनाको शव काठमाडौं ल्याइयो

बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक प्रतिकूल मौसमका कारण हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी समेत सात जनाको निधन भएको थियो।

काठमाडौं, १६ फागुन – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार दिउँसो काठमाडौं ल्याइएको छ।

बुधबार नै शव काठमाडौं ल्याउने तयारी भएपनि मौसमको खराब माैसमका कारण हेलिकप्टर उड्न नसकेर आज शव काठमाडौं ल्याइएको हो।

शवको पोस्टमार्टम गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिने र त्यहाँबाट दिवंगत मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिने सरकारको तयारी रहेको छ।

बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक प्रतिकूल मौसमका कारण हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी समेत सात जनाको निधन भएको थियो।


 

More form the Internet

loading...