Suvadin, Home

बजेट अगाडि नै स्थानीय ऐन ल्याउने तयारी 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारलाई सुव्यवस्थित ढंगले सञ्चालन गराउनका लागि आवयश्यक पर्ने ऐन नियम आगामी आर्थिक वर्षको बजेट अगाडि नै ल्याउने तयारी गरेको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय।

काठमाडाैं, वैशाख ३०– स्थानीय तहले जेठको दोस्रो हप्तासम्ममा आवश्यक ऐन, नियम पाउने भएका छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारलाई सुव्यवस्थित ढंगले सञ्चालन गराउनका लागि आवयश्यक पर्ने ऐन नियम आगामी आर्थिक वर्षको बजेट अगाडि नै ल्याउने तयारी गरेको हो।

संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेश थपलियाले स्थानिय शासन ऐनलाई छिटो पारित गरेर स्थानीय तहको अधिकारलाई सुनिश्चित गर्नका लागि आवश्यक व्यवस्थापकिय काममा मन्त्रालयल लागेको हो।

स्थानीय सरकारलाई सु व्यवस्थित ढंगले सञ्चालन गर्ने तयारीमा मन्त्रालय लागेको सचिव दीनेश थपलियाले जानकारी दिए।
आगामी वर्षको बजेट आउनु पूर्व नै आवश्यक नीति, नियम, ऐनलाई पूर्णता दिने पनि उनले बताए। 


 

More form the Internet

loading...